हर्षोल्लासपूर्वक होली मनाइँदै

हर्षोल्लासपूर्वक होली मनाइँदै

रंग खेलेर रमाइलो गर्दै आज फागु पुर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा भब्य रुपमा मनाईंदैछ । तराईका जिल्लाहरुमा भने यो चाड भोलिपल्ट मनाइन्छ । रंगिचंगी अविर लगाइदिदै रंग छ्यापाछ्याप गरेर युवायुवती लसडकमा उल्लास पूर्वक होली खेलिरहेका देखिन्छन् ।

Image
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपुले धेरै प्रपन्च रचे । केही गर्दा मार्न नसकेपछि उनले आङ्खनै बहिनी होलिकालाई मार्न पठाए । होलिकाले आगोमा नजल्ने बरदान पाएकी थिइन् । त्यसपछि होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बसिन । आगोले प्रल्हादलाई केही गरेन होलिका भनें आगोमा जलेर नष्ट भइन् । त्यसैको खुशियालीमा अविरको होली खेल्दै फागु पूर्णिमा मनाउन थालिएको किम्बदन्ती छ । खासगरी हिन्दु समुदायले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गर्छन् । होलीमा रातो, हरियो, पहेलो, निलोलगायतका विभिन्न रंगको टीका लगाइ मनाउने गरिन्छ ।

हनुमानढोका दरबारको गद्दी बैठकमा तीन छत्रे चीर ठड्याएर साताअघि यो पर्व सुरु भएको हो । त्यस चिरलाई तानेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । रङगीचङगी कपडाका टुक्रा झुन्ड्याइएको चीर होलिका रुपी पापप्रवृत्ति जलेर भष्म भएको स्मरणमा प्रत्येक फागु फागुन पूर्णिमामा दाह गर्ने गरिएको गरेको जनविश्वास छ । ईस्वीको चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा देशमा ठूलो अशान्ति भएकाले पूणिमाको दिन होली उत्सव मनाएपछि देशमा शान्ति स्थापना भएको उल्लेख छ ।

फागु पूणिमाको रातमा टुँडिखेलमा किलागलका ज्यापूहरुले एक मुरी चामलको भात र एउटा सिंगै राँगाको पकाएका मासु लगेर गुरुंमापालाई भात खुवाउने चलन छ । राजधानीको ऐतिहासिक बौद्ध बिहार इटुम्बहालको चुलो बारीमा पकाइएको भात खर्पनको एकापट्टी १५ पाथी र अर्कापट्टी स–साना दुई पेटारो गरी ५ पाथी भात राखी एकजना बलियो मानिसले बोकेर बाजा बजाउँदै टुँडिखेल पुर्याउँछन् । त्यसरी बोकेर ल्याएको भातलाई एकपल्ट न्युरोडको ढोकासँगै रहेको महादेवस्थानमा बिसाई त्यहाँ रहेका लुकेको महादेव लाई एक सानो पेटारोको भात चढाइसकेपछि बाँकी दुई पेटारो टुँडिखेल पुर्याइन्छ । अर्को सानो पेटारोको भात गुरुंमापाको नाममा अलग पन्छाएर इटुम्बहालदेखि सँगै गएका सबैलाई प्रसादका रुपमा खुवाउने चलन छ ।

फागु पर्वमा सरकारले सार्बजनिक विदा दिने गरेको छ । पुर्णिमाको दिन काठमाडौं उपत्यका र पहाडी जिल्लामा विदा हुन्छ । तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट चाड मनाइने भएकाले त्यसै दिन सार्बजनिक विदा दिइन्छ । तराईका बासिन्दाले यस चाडलाई निकै महत्व दिएर मनाउछन् । यस दिन मिठा परिकारहरु बनाएर आफन्तहरुलाई बोलाएर भोजन गराउने पनि गरिन्छ ।

Advertisements

2 thoughts on “हर्षोल्लासपूर्वक होली मनाइँदै

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s