कुकुर तिहार

आज यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहार । यस दिन कुकुरलाई मिठो खान दिएर माला लगाइदिई पूजा गरिन्छ ।
कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । महाभारतको कथाअनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा सँगै कुकुरलाई पनि लगेका थिए ।
कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले पूजा गरिएको हो । यसले पाल्नेको नुनको सोझो गर्दै हिंस्रक जीवजन्तु, चोर, लुटेराबाट धनमाल र मानिसको सूरक्षा गर्छ । कुकुरले घरको रखवारी गर्छ । नीतिज्ञ चाणक्यले कुकुरलाई धेरै खान सक्ने भए पनि थोरै खाएर सन्तुष्टी लिने, मस्त निन्द्राबाट पनि तुरुन्तै ब्युँझन सक्ने, सरक्क गर्दा पनि थाहा पाइ हाल्ने, घ्राणशक्ति तेज भएको, स्वामिभक्त र सुरो प्राणी भनेका छन् ।
कुकुर तिहारका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन एका बिहानै नदि, तलाउ, पँधेरा, धारालगायतका पानीको मुहान भएका ठाउँमा गएर तेल लगाएर नुहाउने, अपामार्ग टाउकोमा लगाउने गरिन्छ । नुहाएपछि यमराजका नाममा १४ वटा वत्ती बाल्ने गरिन्छ । यसो गर्दा नरक जानुपर्ने अवस्थाबाट मुक्ति मिल्ने विश्वास छ ।download (1)

download (2)

download

images (1)

images

Leave a comment