लक्ष्मीपूजा

दशैंको १५ दिनपछि आउने तिहारमा समेत देवी दुर्गाकै विभिन्न रुपको पूजा गरिन्छ । तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ ।
घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ । त्यसैले लक्ष्मीपूजाको साँझ रंगिविरंगी मैनवत्ती, बिजुलीवत्ती, प्याला बालेर घरलाई झिलिमिली बनाइन्छ । रातमा उज्यालो हुने घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पार्ने चलन छ ।
बत्ती बालेपछि लक्ष्मीको स्थापना गरिन्छ । त्यसपछि गरगना, पैसा, चामल, पैसा, फलफूल, सेलरोटी, फूलमालालगायतका सामग्री चढाएर लक्ष्मीको पूजा गरिन्छ । यस दिन गरगहना र पैसाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदि किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहनासमेत झिकेर पूजा गरिन्छ ।

नेपालसहित भारत, भुटान, म्यानमारलगायतका मुलुकमा समेत लक्ष्मीपूजा मनाउने चलन छ । यसै दिन गाइको समेत पूजा गरिन्छ । हिन्दू समुदायले गाइलाई गौमाताको रुपमा गाइको पूजा गर्ने गर्छ । पूजाआजा गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाइको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो, सुतक पर्दा सुद्ध हुन गौमुत्र (गहुँत) सेवन गर्ने गरिन्छ । गहुँत छर्केर घरलाई शुद्ध बनाइन्छ । मर्ने बेलामा गाइ दान गर्दा बैतरणी तरिन्छ भन्ने धार्मिक मान्यता छ । गाइको दूधबाट बन्ने परिकार (गौरस) मानव शरीरका लागि निकै पोषिलो हुन्छ । त्यसैले गाईलाई गौमाताको रुपमा पूजा गर्ने गरिएको हो ।
यस दिन गाइको पूजा गरेर माला लगाइन्छ । तिनलाई मानिसले खाने जस्तै सेलरोटी, पुवा, फलफूललगायतका दाना खुवाइन्छ । खुर, सिङमा तेल लगाइन्छ । गाइको शरीरमा चामलको पीठो र अविर घोलेर सयपत्री फूलको थुंगाले छाप लगाइन्छ ।

यसै दिन महिलाहरू जम्मा भएर घरघरमा भैलौ खेल्ने चलन छ । भैलो खेल्ने महिलालाई ‘भैलिनी’ भन्ने गरिन्छ । उनीहरू भैलो खेल्दा आफ्नै भेषभुषामा सजिएर बाजा बजाउदै, नाचगान गर्दै घरघर पुग्छन् । भैलो खेल्दा एक जनाले भट्याउँछ । समूहले एकै पटक ‘भैलिनी’ भन्छन् । उनीहरूले यसरी समूहमा पनि भैलिनी गाउँछन्

‘हामी त्यसै आएनौ,
बली राजाले पठाएको,
हे औंसीबार, गाई तिहार भैलो…’

उनीहरू आफूलाई बली राजाले भैलो खेल्न पठाएको भन्दै दान माग्छन् । घरवेटीले उनीहरूलाई चामल, सेलरोटी, फलफूल, दक्षिणा दिएर बिदा गर्छन् । त्यसपछि घरबेटीलाई आर्शीवाद दिएर अर्को साल भेट्ने वाचा गर्दै विदा हुन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार बली राजा दानी थिए । उनी माग्न आउने कसैलाई रित्तो हात फर्काउँदैनथे । उनी आफ्नो दानशीलतामा घमण्ड गर्दथे । त्यसैले उनको त्यो घमण्डलाई तोड्न भगवान् विष्णुले वामन वा पुड्को रुप धारण गरेर तीन कदम टेक्ने जमिन राजा बलीसँग मागे । बली राजाले दुई कदम राख्ने जमिन मात्रै दिन सके । तेस्रो कदम राख्ने ठाउँ नपाएपछि आफ्नै शिर दिएका थिए । आफ्नो सर्वस्वहरण भएर पाताल पुग्दासमेत बली राजा प्रशन्न भएको देखेर विष्णु भगवानल ‘वर्षमा तीन दिन तीनै लोकमा तिम्रो अधिपत्य रहोस् । त्यस अवसरमा सबैले तिम्रो गुणगान गाऊन्’ भन्ने बरदान दिएका थिए । बिष्णुको त्यही बरदान स्वरुप तिहारमा भैलो खेल्न थालिएको किम्बदन्ती छ । 559399_604429676284779_529386661_n

1375743_604429542951459_798604545_n

1454614_604429719618108_446765828_n

1455192_604429646284782_653100095_n

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s