माघे संक्रान्ति

भोली माघ एक गते अर्थात माघे संक्रान्ति | माघे संक्रान्तिलाइ मकर संक्रान्ति र माघीका नामले पनि चिनिन्छ | माघे संक्रान्ति माघ महिनामा पर्ने नेपालको एक प्रमुख चाड हो | धार्मिक र अध्यात्मिक रुपले हिन्दुहरुको लागि यो चाड निकै नै महत्वपूर्ण मानिन्छ | भौगोलिक, जातीय र सास्कृतिक बिबिधता रहेको नेपालमा एउटै पर्वलाई पनि भिन्न भिन्न तरिकाले मनाउने चलन छ | यो पर्ब हरेक जातिले मनाउने गर्छन तर थारुहरुका लागि भने यो बिशेष पर्ब हो | ज्योतिष शास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरि उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति भानिन्छ र आजदेखि दिन लामो हुदै जान्छ भने रात छोटो हुन्छ | यो चाडमा नेपाल भर बिभिन्न पबित्र नदिमा स्नान गरि मन्दिरमा पूजा आराधन गर्ने गरिन्छ |
यो चाडमा घ्यू, चाकु, खिचडी, तरुल, तिलको लड्डू आदि खाई मनाइन्छ | यस दिनमा तील खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।

maghe_sankranti_hamropatro_3 maghe_sankranti_hamropatro_2

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s