भूकम्प पछी हुन सक्ने महामारीबाट बच्नका लागि …

@smadixit:  “अबका ५-६ दिन गर्मी बढ्ने देखिन्छ। सरुवा रोग सुरु हुन नदिन खाना र पानीमा सतर्कता अपनाउन आग्रह !”

भूकम्प पछी हुन सक्ने महामारीबाट बच्नका लागि

१. घाइते तथा पिडित व्यक्तिहरुलाई नजिकको स्वास्थ्य संस्था, अस्पताल वा शिबिर तुरुन्त पुरयाऔं

२. जथाभावी दिशापिसाब नगरौं र नगराऔं | शिविरमा तुरुन्त अस्थायी चर्पीको ब्यबस्था गरौँ | चर्पीमा मात्र दिशापिसाब गरौँ र गराऔं

३. खाना खानु अघि, बालबालिकालाई खाना खुवाउनु अघि र चर्पीको प्रयोग गरिसकेपछि साबुनपानीले हात धुऔं ४. सडेगलेको बासी र झिंगा भन्केको खानेकुरा नखाऔं

५. उमालेर वा पियुष वा अन्य क्लोरिन झोल हालेको पानि मात्र पिउने गरौ

६. बिरामी, अशक्त, बुढाबुढी, बालबालिका, गर्भवती, तथा सुत्केरी महिलाहरुको बिशेष हेरचाह गरौँ

७. दिर्घ रोगी, नियमित औषधि उपचार गराई रहेका व्यक्तिहरुको उपचारको निरन्तरताको लागि सहयोग गरौँ

८. भत्केको घर मन्दिर, वा अन्य संरचनाहरु नजिक नजाऔं | बालबालिकाहरुलाई पनि त्यसता ठाउँमा जानबाट रोकौं

९. महाभूकम्प पछी सर्न सक्ने सरुवा रोगबाट बच्न सकेसम्म भिडभाडमा नबसौं र जानै परेमा कम्तिमा एक मिटरको दुरी कायम राखौं |

Source: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विपदपछी पनि स्वस्थ रहनुहोस –
-प्रसस्त मात्रामा पानी पिउनुहोस |

– हात सफा राख्नुहोस | यदि साबुन र पानी उपलब्ध नभएमा हात सफा राख्ने तरल पदार्थको प्रयोग गर्नुहोस |

– प्रशस्त फलफुल तथा सागपातहरु खानुहोस, सम्भब भएसम्म सन्तुलित आहार खानुहोस |

– आफ्नो परिवारको सरसफाईमा ध्यान दिनुहोस |

– कुनै घाउ वा चोटपटक लागेको अवस्थामा त्यसलाई पाक्न वा संक्रमित हुन नदिन सुख्खा राख्नुहोस |

– प्रयाप्त आराम गर्नुहोस र शारीरिक व्यायाममा पनि ध्यान दिनुहोस |

– बाहिर वा भिडभाड भएका क्षेत्रमा जाँदा संधै मास्कको प्रयोग गर्नुहोस साथै रुघाखोकी लागेको भए पनि मास्कको प्रयोग गर्न नभुल्नुहोस |

– कसैसंग हात नमिलाउनुहोस यसको सत्तामा नमस्कार गर्नुहोस | हात मिलाउदा सरुवा रोग सर्ने सम्भावना हुन्छ |

– यस्तो अवस्थामा मानसिक तनाब हुनु सामान्य भएतापनि बढी नै भएमा चिकित्सकसंग परामर्श लिनुहोस

Source: NSET

29 thoughts on “भूकम्प पछी हुन सक्ने महामारीबाट बच्नका लागि …

  1. Dhanya6 sabai country ko police ani army haru salam6 mero ani nepal aamako…
    God bless you all

  2. सबैले हातेमालो गरौ देशको समरक्षणमा तथा सबैको पिडामा मलम बनेर साथ सहयोग गरौँ ।।

  3. Hartly Thanks to All brave Police and Army professional for serving your great support to helpless people and communities. I salute you all. And i also Thank you to the publisher hamro patro

  4. धेरै धेरै रामरो गरनू भयो यो बेला गरनू पनी परछ भगमानले तपाईको रामरो गरोस Thank you

  5. सल्लाह सुझाउको लागि धेरै धेरै धन्यबाद हाम्रो पात्रोलाई,,,,,,

Leave a reply to zogen Cancel reply