१० लाख भन्दा बढीले रुचाएको हाम्रो नेपाली किबोर्ड

लगभग १८ महिना अघि मोबाइलमा रोमनबाट नेपाली लेख्न मिल्ने किसिमको नेपाली किबोर्ड कुनै छ कि भनेर खोज्दा, हिन्दि किबोर्ड मात्रै भेटियो र तेही प्रयोग गर्न लागे । तर, हिन्दि किबोर्डबाट नेपालीमा लेख्न निकै गाह्रो भएको महसुस भयो, अनि कतिपय मात्रा लेख्न पनि नमिल्ने ।

यतिकैमा  ट्वीटरमा छलफल हुदा, यो समस्या अरु साथिहरुलाइ पनि भएको पाए, अनि सुरु भयो “हाम्रो नेपली किबोर्ड” को निर्माण । केहि दिनमा प्रोटोटाइप तयार भयो, अनि ट्वीटरका साथिहरुलाइ टेस्टको लागि पठाए । सुरुको प्रोटोटाइपमा धेरै समस्या थिए, तर पनि साथिहरुले निकै मनपराउनु भयो, र निकै धेरै प्रतिक्रिया पनि पठाउनु भयो । तेतिबेला किबोर्ड टेस्ट गर्न र टेक्निकल सहयोग गर्ने सबै ट्वीटरका साथिहरु @iMaila_Saau , @GoGoze , @KakaBaa ,@aakarpost, @bhu1st ,@iMaanthaa, @mzzzzb, @jwalanta तथा अन्य धेरै साथिहरु मा आभार ब्यक्त गर्न चाहन्छु ।

बिस्तारै, नेपालीमा सजेसन, इन्ग्लिश किबोर्ड, टेडीसनल लेआउट, मदन पुरस्कार पुस्तकालय लेआउट तथा अन्य सुबिधा सहित पहिलो भर्सन रिलिज भयो । सुरुको केहि हप्तामा नै हजारौ डाउनलोड भयो । अनि, तपाईहरुको माया, हौसला, सुझाबले गर्दा नै आज हाम्रो नेपाली किबोर्ड १० लाख भन्दा बडी पटक डाउनलोड भएको छ ।

hamro-keyboard
आज पनि, हजारौ नेपालीले यो किबोर्डबाट नेपालीमा टाइप गर्दै हुनुहुन्छ । तपाईलाइ धेरै धेरै धन्यवाद, नेपाली मा लेखौ , नेपाली भाषालाइ सम्बर्धन गरौ !

शंकर उप्रेती

डाउनलोड लिंक : https://play.google.com/store/apps/details?id=com.hamrokeyboard

Advertisements

7 thoughts on “१० लाख भन्दा बढीले रुचाएको हाम्रो नेपाली किबोर्ड

  1. अति उत्तम अर्को कुरा यसलाई अरू उत्तम पार्ने कामहरू को निरन्तर नरोकियोस

  2. मैले 3 बर्ष देखि मल्टिलिङ्क केइबोर्ड बाट नेपाली टाइप गर्दै आएको थिँय तर ३-४ महिना देखी म पनि हाम्रो नेपाली किबोर्ड नै चलाउछु आफ्नो भनेको आफ्नै हो तर हाम्रो किबोर्ड मा टाइप गर्दा अलिकति अप्ठ्यारो महसुस हुन्छ किनकी यो अलिकति सानो छ यसलाइ चौडडाइ बढाउन नमिले पनि अलिकति हाइट बढाउन मिल्यो भने धेरै सजिलो हुनेथियो

  3. अरू फोनमा छ तर अाइफोन्को आप्पस मा छैन, याहिपो दुखको कुरो भो त !

  4. कृपया अाधि र जस्तै र्याल शुद्ध लेख्ने बनाउनुस

  5. हाम्रो नेपाली किबोर्ड बनाउने सबै टिम लाई धेरै धेरै धन्यवाद ।।।।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s