Category Archives: Festivals

Holi

Holi is one of the main festivals of Hindus celebrated in Nepal and some other parts of the world. Holi is also known as Fagu Poornima and often called the festival of colors and love. It is celebrated with great joy sharing love and putting colors to friends and relatives. It is celebrated to mark the victory against the demon Holika.

This festival is marked by playing with colors, colored water, water filled balloons and water guns. Generally it is played with friends, families, relatives and even with strangers. Many people also consume intoxicating drinks like Bhang to mark this festival. Holi basically signifies the victory of good over evil,  forget and forgive and repair ruptured relationship.

 

आज लक्ष्मी पूजा

दशैंको १५ दिनपछि आउने तिहारमा समेत देवी दुर्गाकै विभिन्न रुपको पूजा गरिन्छ । तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ ।
घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

नेपालीहरुको सम्पूर्ण  धर्म ,पर्व अनि संस्कृतिको बारेमा अपटूडेट हुन दायाँ रहेकको फेसबुक बटनमा लाईक गर्नु होस्

तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ । त्यसैले लक्ष्मीपूजाको साँझ रंगिविरंगी मैनवत्ती, बिजुलीवत्ती, प्याला बालेर घरलाई झिलिमिली बनाइन्छ । रातमा उज्यालो हुने घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पार्ने चलन छ ।
बत्ती बालेपछि लक्ष्मीको स्थापना गरिन्छ । त्यसपछि गरगना, पैसा, चामल, पैसा, फलफूल, सेलरोटी, फूलमालालगायतका सामग्री चढाएर लक्ष्मीको पूजा गरिन्छ । यस दिन गरगहना र पैसाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदि किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहनासमेत झिकेर पूजा गरिन्छ ।

नेपालसहित भारत, भुटान, म्यानमारलगायतका मुलुकमा समेत लक्ष्मीपूजा मनाउने चलन छ । यसै दिन गाइको समेत पूजा गरिन्छ । हिन्दू समुदायले गाइलाई गौमाताको रुपमा गाइको पूजा गर्ने गर्छ । पूजाआजा गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाइको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो, सुतक पर्दा सुद्ध हुन गौमुत्र (गहुँत) सेवन गर्ने गरिन्छ । गहुँत छर्केर घरलाई शुद्ध बनाइन्छ । मर्ने बेलामा गाइ दान गर्दा बैतरणी तरिन्छ भन्ने धार्मिक मान्यता छ । गाइको दूधबाट बन्ने परिकार (गौरस) मानव शरीरका लागि निकै पोषिलो हुन्छ । त्यसैले गाईलाई गौमाताको रुपमा पूजा गर्ने गरिएको हो ।
यस दिन गाइको पूजा गरेर माला लगाइन्छ । तिनलाई मानिसले खाने जस्तै सेलरोटी, पुवा, फलफूललगायतका दाना खुवाइन्छ । खुर, सिङमा तेल लगाइन्छ । गाइको शरीरमा चामलको पीठो र अविर घोलेर सयपत्री फूलको थुंगाले छाप लगाइन्छ ।

यसै दिन महिलाहरू जम्मा भएर घरघरमा भैलौ खेल्ने चलन छ । भैलो खेल्ने महिलालाई ‘भैलिनी’ भन्ने गरिन्छ । उनीहरू भैलो खेल्दा आफ्नै भेषभुषामा सजिएर बाजा बजाउदै, नाचगान गर्दै घरघर पुग्छन् । भैलो खेल्दा एक जनाले भट्याउँछ । समूहले एकै पटक ‘भैलिनी’ भन्छन् । उनीहरूले यसरी समूहमा पनि भैलिनी गाउँछन्

‘हामी त्यसै आएनौ,
बली राजाले पठाएको,
हे औंसीबार, गाई तिहार भैलो…’

उनीहरू आफूलाई बली राजाले भैलो खेल्न पठाएको भन्दै दान माग्छन् । घरवेटीले उनीहरूलाई चामल, सेलरोटी, फलफूल, दक्षिणा दिएर बिदा गर्छन् । त्यसपछि घरबेटीलाई आर्शीवाद दिएर अर्को साल भेट्ने वाचा गर्दै विदा हुन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार बली राजा दानी थिए । उनी माग्न आउने कसैलाई रित्तो हात फर्काउँदैनथे । उनी आफ्नो दानशीलतामा घमण्ड गर्दथे । त्यसैले उनको त्यो घमण्डलाई तोड्न भगवान् विष्णुले वामन वा पुड्को रुप धारण गरेर तीन कदम टेक्ने जमिन राजा बलीसँग मागे । बली राजाले दुई कदम राख्ने जमिन मात्रै दिन सके । तेस्रो कदम राख्ने ठाउँ नपाएपछि आफ्नै शिर दिएका थिए । आफ्नो सर्वस्वहरण भएर पाताल पुग्दासमेत बली राजा प्रशन्न भएको देखेर विष्णु भगवानल ‘वर्षमा तीन दिन तीनै लोकमा तिम्रो अधिपत्य रहोस् । त्यस अवसरमा सबैले तिम्रो गुणगान गाऊन्’ भन्ने बरदान दिएका थिए । बिष्णुको त्यही बरदान स्वरुप तिहारमा भैलो खेल्न थालिएको किम्बदन्ती छ ।

विजयादशमी

आज बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यो नवरात्रीको दशौं दिन हो । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरिन्छ । भगवान रामचन्द्रले बनबासमा महामायाको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरेपछि देवीले नवौं रातमा ‘भोलिको दिन मेरो प्रसाद लगाइ अभियान गरेमा राबणमाथि बिजय पाउँछौ’ भनेर सपनामा बताएपछि रामले यस दिन अर्थात आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिशेक लिइ भगबतीको प्रसाद टिका, जौका आँकुरा (जमरा) लगाइ बिजय अभियान गरेका थिए । त्यसैले यस दिनलाई बिजया दशमीका नामले पुकार्न थालियो । यस दिन नवरात्रिभर अर्थात नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजा बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा बिसर्जन गरेपछि घरको मुल दैलो (ढोका) माथि टिका र जमरा टाँसेर विधि फुकाइन्छ ।

त्यसपछि मान्यजनको हातबाट टिका लगाउने गरिन्छ । उनीहरूले टिका लगाउँदा यस्तो भन्दै आशिष दिन्छन् ।

आयु द्रोण सुते, श्रीयं दशरथे, सत्रु क्षयम् राघवे,
ऐश्वोर्यं नहुशे, गतिस्च पवने, मानंम् च दुर्योधने,
दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे ।

यसको अर्थ द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व, नहुसको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोरा जस्तो दानी, भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्ने हो ।
जेठाको रोलबाट घरका परिवारका सदस्यले टिका लगाई सकेपछि पाहुना, कुटुम्ब, इस्टमित्रलाई टिका लगाउने गरिन्छ । आफू पनि मान्य कुटुम्बकहाँ गएर टिका थाप्ने गरिन्छ । मान्यजनका हातबाट टिका थाप्न टाढाटाढाबाट समेत आफन्त आउँछन् ।

यसै चाडले बषौं विछोडिएका आफन्तहरूसँग भेटघाटको अवसर जुटाउँछ । विदेशमा रहेकाहरू समेत जम्मा हुने भएकाले दशैंलाई कुटुम्ब मिलनको चाड पनि भनिन्छ ।
यस संस्कृतिका पछाडि भगवतीको प्रसाद ग्रहण गर्ने धार्मिक भावना मात्र छैन । आफ्ना मान्यजनप्रतिको श्रष्द्धा र आत्मियताको भावना गहिरिएर बसेको पाइन्छ । नेपाली परंपरामा मान्यजनलाई कति महत्व दिइन्छ भन्ने यो चाडले देखाउँछ ।

टिकाको बेला हाम्रो देशमा एउटा विशेष दृष्य देखिन्छ । हैसियतले भेटेसम्म राम्रो लुगा, गहना लगाएका, निधारमा रातो टिका लगाएका, कपालमा जौका पहेंला जमरा सिउरिएका सर्बसाधारण बाटोमा ओहोरदोहोर गरेको दृष्य साँच्चै रमाइलो लाग्छ ।

यसै गरी टीकाको क्रम ५ दिनसम्म चल्छ । वास्तवमा बिजयको हर्षोल्लासमा लगाइने टिका एक दिनको मात्र हो । तर टाढा रहेका आफन्तलाई समेत पर्खने ब्यवहारिकताले गर्दा पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नेपालको पश्चिमी क्षेत्रमा भने टिका दशमीका दिन मात्रै लगाउने चलन छ ।

यसै दिन घरघरबाट खड्ग निकालेर खड्ग जात्रा पनि गरिन्छ । यसलाई बिजयको प्रतीक मानिन्छ । यसै बेला पचली भैरवको जात्रा पनि चलिरहन्छ । पचली भैरव र अस्टमात्रिकाको नृत्य पनि ठाउँठाउँमा देखाइन्छ । बिजयाकै मध्यरातमा पचली भैरवको जात्राका क्रममा राजकीय खड्गको आदान प्रदान हुन्छ ।

images   images (1)images (3)images (2)

घटस्थापना २०७१

हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना हो । यस दिन मुलुकभर दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरेर जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैंघरसहित हरेक घरमा पूजाकोठामा जमरा राख्ने गरिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन नजिकको तीर्थबाट बालुवा मिसिएको माटो ल्याएर वैदिक विधिपूर्वक पञ्चधातु,पञ्चपल्लवका साथ जौ, मकै छरेर घटस्थापना गरिन्छ । पञ्चधातुमा सुन, चाँदी, पित्तल, फलाम र तामा पर्छन् । यस्तै पञ्चपल्लवमा पीपल, बर, दुमरी, पाख्री र आँपको पात पर्छन् । तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छरेर घटस्थापना गर्छन् । घटस्थापनाका दिन राखिएको जमरालाई नवमीसम्मको नवरात्री पूरा गरेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन मान्यजनबाट टीकासँगै लगाउने गरिन्छ ।
यसै दिनदेखि नवरात्री सुरु हुन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानादेखि दशैंको चहलपहल पनि सुरु हुन्छ । यसरी जमरा राख्ने घटस्थापनाको अघिल्लो दिन घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर बनाइन्छ ।

दैवीशक्तिले आसुरी शक्तिमाथि विजय हासिल गरेको अवसरका रुपमा दशैंलाई मनाइने गरिएको हो । दशैंको पहिलो दिन घटस्थापनाबाट नवरात्री प्रारम्भ हुन्छ । यिनै ९ दिनसम्म विभिन्न शक्तिपीठमा हरेक दिन पूजाअर्चना गरिन्छ । दशैंघर,घटस्थापना स्थनलमा दुर्गा सप्तशती, चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ।

दशैंभर हरेक दिन मुलुकभरका प्रमुख शक्तिपिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी,कालीमाईलगायत विभिन्न देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गा भवानीको पूजा, आराधना गरिन्छ । बडादसैको सुरुको दिन घटस्थापनादेखि अधिकांश शिक्षण संस्था र अदालतमा कोजाग्रत पूर्णिमासम्म विदा दिइन्छ ।

Photo By: Photo: Amish regmi 

Amish_(7) Amish_(19) Amish_(15) Amish_(11) Amish_(10) Amish_(6) Amish_(4) Amish_(2) Amish_(1) Amish_(13)

हर्षोल्लासपूर्वक होली मनाइँदै

हर्षोल्लासपूर्वक होली मनाइँदै

रंग खेलेर रमाइलो गर्दै आज फागु पुर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा भब्य रुपमा मनाईंदैछ । तराईका जिल्लाहरुमा भने यो चाड भोलिपल्ट मनाइन्छ । रंगिचंगी अविर लगाइदिदै रंग छ्यापाछ्याप गरेर युवायुवती लसडकमा उल्लास पूर्वक होली खेलिरहेका देखिन्छन् ।

Image
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपुले धेरै प्रपन्च रचे । केही गर्दा मार्न नसकेपछि उनले आङ्खनै बहिनी होलिकालाई मार्न पठाए । होलिकाले आगोमा नजल्ने बरदान पाएकी थिइन् । त्यसपछि होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बसिन । आगोले प्रल्हादलाई केही गरेन होलिका भनें आगोमा जलेर नष्ट भइन् । त्यसैको खुशियालीमा अविरको होली खेल्दै फागु पूर्णिमा मनाउन थालिएको किम्बदन्ती छ । खासगरी हिन्दु समुदायले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गर्छन् । होलीमा रातो, हरियो, पहेलो, निलोलगायतका विभिन्न रंगको टीका लगाइ मनाउने गरिन्छ ।

हनुमानढोका दरबारको गद्दी बैठकमा तीन छत्रे चीर ठड्याएर साताअघि यो पर्व सुरु भएको हो । त्यस चिरलाई तानेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । रङगीचङगी कपडाका टुक्रा झुन्ड्याइएको चीर होलिका रुपी पापप्रवृत्ति जलेर भष्म भएको स्मरणमा प्रत्येक फागु फागुन पूर्णिमामा दाह गर्ने गरिएको गरेको जनविश्वास छ । ईस्वीको चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा देशमा ठूलो अशान्ति भएकाले पूणिमाको दिन होली उत्सव मनाएपछि देशमा शान्ति स्थापना भएको उल्लेख छ ।

फागु पूणिमाको रातमा टुँडिखेलमा किलागलका ज्यापूहरुले एक मुरी चामलको भात र एउटा सिंगै राँगाको पकाएका मासु लगेर गुरुंमापालाई भात खुवाउने चलन छ । राजधानीको ऐतिहासिक बौद्ध बिहार इटुम्बहालको चुलो बारीमा पकाइएको भात खर्पनको एकापट्टी १५ पाथी र अर्कापट्टी स–साना दुई पेटारो गरी ५ पाथी भात राखी एकजना बलियो मानिसले बोकेर बाजा बजाउँदै टुँडिखेल पुर्याउँछन् । त्यसरी बोकेर ल्याएको भातलाई एकपल्ट न्युरोडको ढोकासँगै रहेको महादेवस्थानमा बिसाई त्यहाँ रहेका लुकेको महादेव लाई एक सानो पेटारोको भात चढाइसकेपछि बाँकी दुई पेटारो टुँडिखेल पुर्याइन्छ । अर्को सानो पेटारोको भात गुरुंमापाको नाममा अलग पन्छाएर इटुम्बहालदेखि सँगै गएका सबैलाई प्रसादका रुपमा खुवाउने चलन छ ।

फागु पर्वमा सरकारले सार्बजनिक विदा दिने गरेको छ । पुर्णिमाको दिन काठमाडौं उपत्यका र पहाडी जिल्लामा विदा हुन्छ । तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट चाड मनाइने भएकाले त्यसै दिन सार्बजनिक विदा दिइन्छ । तराईका बासिन्दाले यस चाडलाई निकै महत्व दिएर मनाउछन् । यस दिन मिठा परिकारहरु बनाएर आफन्तहरुलाई बोलाएर भोजन गराउने पनि गरिन्छ ।